काठमाडौं, चैत २५ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो । आजको मूल्यअनुसार एक तोला सुन दुई लाख ९९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । हिजो सुन दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदी चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।




प्रतिक्रिया