लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा


संयुक्त राष्ट्रसङ्घ , २६चैत । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले बुधबार लेबनानमा गरेको आक्रमणको निन्दा गरेका छन् ।

महासचिव गुटेरेसले विज्ञप्ति जारी गर्दै आक्रमणमा अधिकाशं निर्दोश सर्वसाधारण ज्यान गुमाउन बाध्य भएको भन्दै आक्रमणको कडा निन्दा गरेका छन् ।

लेबनानमा जारी सैन्य गतिविधिले अमेरिका – इरान युद्धविराम र यस क्षेत्रमा स्थायी शान्तिको प्रयासको लागि गम्भीर जोखिम खडा गरेको जनाइएको छ ।

महासचिवले सम्बन्धित पक्षलाई तुरुन्तै विवाद अन्त्य गर्न आह्वान गर्दै अन्तर्राष्ट्रिय कानूनको सम्मान नागरिकको सुरक्षा गर्नपर्ने बताएका छन् ।

द्वन्द्वको कुनै सैन्य समाधान हुन नसक्ने कुरामा जोड दिँदै सबै पक्षलाई कूटनीतिक माध्यामहरू प्रयोग गर्न र सुरक्षा परिषद्को प्रस्ताव– १७०१ को पूर्ण कार्यान्वयनमा प्रतिबद्ध हुन आग्रह गरेका छन् । रासस