जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या


जुम्ला, २६ चैत । जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी भएका दुई अधिकृतस्तरका कर्मचारी गृह मन्त्रालय काजमा बसेपछि सेवा प्रवाहमा समस्या भएको छ ।

कर्मचारी काजमै सीमित हुँदा प्रशासन कार्यालयको दैनिक सेवा प्रवाह प्रभावित भएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा दुवै जना हाल काजमा छन् ।

दुवै जना कर्मचारी काठमाडौँमा रहे पनि सेवासुविधा जुम्लाबाटै लिइरहेका उनले बताए । कर्मचारी अभावमा नागरिकता, राहदानी सिफारिस, शान्ति सुरक्षा समन्वय, विपद् व्यवस्थापनलगायत काम प्रभावित भएको छ । समयमै सेवा नपाउँदा सेवाग्राहीले गुनासो गर्न थालेका छन् । रासस