काठमाडौं, २८ चैत । अधिवक्ता स्वागत नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई भ्रष्टाचारीको आरोप लगाएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि थपलियासँग संवाद गर्दै उनले राष्ट्रपति पौडेलले राज्य कोषबाट लुटेर स्वास्थ्य उपचार खर्च लिएको आरोप लगाएका हुन् । आफूले यस सम्बन्धमा अदालतमा मुद्दासमेत दायर गरिसकेको अधिवक्ता नेपालले बताए ।
‘राज्य कोषबाट लुटेर स्वास्थ्य उपचार खर्च लिनुभएको छ । मैले अदालतमा मुद्दा दायर गरेको छु । उहाँ भ्रष्टाचारी नै हो । त्यसकारण उहाँलाई महाअभियोग लगाउनुपर्छ,’ अधिवक्ता नेपालले भने ।
उनले राष्ट्रपति पौडेललाई भ्रष्ट्राचारीको संज्ञा दिँदै त्यस्ता व्यक्तिबाट शपथ ग्रहण गरेर राज्य सत्तामा पुगेकाहरुले देशमा सुशासन स्थापना गर्न नसक्ने बताए ।
साथै, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गर्नुलाई गैरकानुनी भन्न नमिल्ने बताए । अरु सर्वसाधारण नटुट्ने मुद्दामा ओली र लेखकले भने शक्तिको दुरुपयोग गरेर त्यो खालको सुविधा पाएको बताए ।




प्रतिक्रिया