काठमाडौं, चैत २९ । अमेरिकाका विदेशमन्त्री जेडी भान्सले अमेरिका र इरानबीच भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन रहेको बताएका छन्। अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका उपराष्ट्रपति भान्सले आइतबार पत्रकार सम्मेलन गर्दै इरानसँग सहमति हुन नसकेको बताएका हुन्। करिब २१ घण्टा लामो गहन छलफलपछि पनि कुनै ठोस सहमति जुट्न नसकेको उनले सञ्चार माध्ययमा बताएका छन् ।
उपराष्ट्रपति भान्सका अनुसार अमेरिकाले लचकता र सकारात्मक मनसायका साथ आफ्ना प्रस्तावहरू स्पष्ट रूपमा राखेको थियो। तर, तेहरानले ती सर्तहरू स्वीकार नगरेपछि वार्ता निष्कर्षमा पुग्न सकेन। ‘हामी हाम्रो ‘अन्तिम र सबैभन्दा उपयुक्त प्रस्ताव’ प्रस्तुत गरेर फर्किएका छौँ—अब निर्णय इरानको हातमा छ,’ उनले भने। वार्ता निष्कर्षमा नपुगेपछि दुई देशबीचको कूटनीतिक गतिरोध तत्काल अन्त्य हुने संकेत देखिएको छैन।
वार्तामा पाकिस्तानको सहजीकरण उल्लेखनीय देखिएको छ। शहबाज सरिफ नेतृत्वको सरकारले संवाद वातावरण बनाउन सहयोग गरेको भन्दै अमेरिकी पक्षले आभार व्यक्त गरेको छ।




प्रतिक्रिया