काठमाडौं । सांसदहरूले संसदीय समितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बोलाएर छलफल चलाउन माग गरेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सोमबार समितिको बार्षिक कार्ययोजनाको बारेमा छलफल थियो ।
जहाँ उपस्थित सांसदहरूले आगामी आर्थिक वर्षको बजेट र सरकारको आर्थिक नीतिका सम्बन्धमा छलफल गर्न अर्थमन्त्रीलाई बोलाउनुपर्ने बताएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले अब प्री–बजेट छलफल हुनुपर्ने माग गरेका छन् ।
प्रत्येक वर्ष जेठ १५ गते अर्को आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअगाडि संसद्मा प्री–बजेट छलफल गर्ने अभ्यास छ । संसदीय विषयगत समितिमा पनि प्री–बजेट छलफल हुने गरेको छ । उक्त छलफलमा सांसदहरुले अर्थमन्त्रीको अनिवार्य उपस्थिति गराउन माग गरेका हुन् ।




प्रतिक्रिया