धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा राजीनामा घोषणा


काठमाडौं, ४ वैशाख । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा घोषणा गरेका छन् । आज (शुक्रबार) बसेको सञ्चालक समिति बैठकमा श्रेष्ठले राजीनामा दिने बताएका हुन् ।

श्रेष्ठले भोलि (शनिबार) अर्थमन्त्री डा.स्वर्णीम वाग्लेसमक्ष राजीनामा बुझाउने पनि बताइएको छ । धितोपत्र ऐनअनुसार बोर्ड अध्यक्षले राजीनामा सरकारसमक्ष बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिँदै सरकारलाई सहयोग गर्न आफू तयार रहेको बताएका छन् । उनी २०८१ साल मंसिर १० गते बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।