गुण्डागर्दीको आरोपमा एमालेनिकट युवा संघमा आबद्ध निरे पक्राउ


काठमाडौं, वैशाख ६ । नेकपा (एमाले) सम्वद्ध राष्ट्रिय युवा संघमा आवद्ध निराजन पौडेल (निरे) पक्राउ परेका छन्। ज्यान मार्ने र हातहतियार मुद्दाको अनुसन्धान गर्न उनलाई पक्राउ गरेको हो। प्रहरीले उनलाई आज बिहान बालुवाटारबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार विभिन्न अभियोगमा मौखिक र लिखित उजुरी परेपछि उनी पक्राउ परेका हुन्। उनले प्रहरीलाई आफू ठेक्कापट्टाको काम गर्ने बताएका छन्। उनी विवादास्पद पृष्ठभूमिका चक्रे मिलन समूहमा आवद्ध रहेको र सार्वजनिक शान्ति खलल पार्ने विभिन्न गतिविधिमा सक्रिय व्यक्ति भएको प्रहरीले जनाएको छ।