काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिँदै सभापति गगन थापाको पक्षमा फैसला गरेपछि पूर्व सभापति शेरबहादुर देउवा समूह भने निरन्तर गुटको छलफलमा छ । देउवा हाल उपचारको क्रममा विदेशमा छन् । यता १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्ण बहादुर खड्का भने निरन्तर छलफल र संवादमा छन् ।
न्यायिक निकाय सर्वोच्चले फैसला दिइसकेको सन्दर्भमा पनि देउवा समूह गगन कुमार थापालाई सभापति स्वीकार गर्न तयार छैन । खड्काले धुम्बराहीमा देउवा गुटको बैठक बोलाएका छन् । उक्त बैठक अहिले पनि जारी रहेको छ । यता नेता डा. शेखर कोइराला समूहले भने देउवा पक्षको साथ छाडेको् छ । शेखर समूह देउवा पक्षले बोलाएको बैठकमा नजाने निष्कर्षमा पुगेको छ ।
देउवा समूहले बोलाएको बैठकमा जाने कि नजाने भन्ने बारे निर्णय गर्न डा.कोइरालाले विशालनगरमा बैठक नै राखेका थिए । उक्त बैठकले पार्टीभित्र आफूहरुको छुट्टै समूह रहेको र देउवा समूहले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने निर्णय गरेको एक नेताले बताए । यद्यपि शेखर समूह हिजो बोलाइएको देउवा समूहको बैठकमा पनि सहभागी थिएन ।




प्रतिक्रिया