काठमाडौं, वैशाख ७ ।आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार दिउँसो १२ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपसमिति पुनर्गठन र समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा अन्तरक्रिया एवं स्थलगत अनुगमनबारे छलफल हुनेछ ।




प्रतिक्रिया