काठमाडौं, वैशाख ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकका लागि रास्वपाले नौ वटा एजेण्डा तय गरेको ।
हिजो आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समितिले तय गरेको बैठकका एजेण्डा अनुसार आजको बैठक विशेषगरी साङ्गठनिक सुदृढीकरण, आगामी महाधिवेशनको तयारी तथा नीतिगत सुधारमा केन्द्रित रहने जनाइएको छ ।
बैठकमा पार्टीका गतिविधिबारे ब्रिफिङ तथा केन्द्रीय सदस्यहरूको रिपोर्टिङ हुनेछ । यस्तै, केन्द्रीय समितिका पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा, तथा पार्टी विधानमा गर्नुपर्ने संशोधनका विषयमा पनि छलफल हुनेछ । बैठकले सचिवालयले गरेका निर्णयहरूलाई अनुमोदन गर्नुका साथै विभिन्न विषयमा निर्णय लिने जनाइएको छ ।




प्रतिक्रिया