तोलामा १३ सयले घट्यो सुन, कतिमा हुँदैछ काराेबार?


काठमाडौं, वैशाख ७ । सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेर ५ हजार १९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार २२५ रुपैयाँ थियो ।