वासिङ्टन डीसी । अमेरिकाको राजधानी वासिङ्टन डी.सी.मा आयोजित ह्वाइट हाउस ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका गोलीकाण्डका सन्दिग्ध व्यक्ति क्यालिफोर्नियामा बस्ने एक शिक्षक तथा भिडियो गेम डेभलपर भएको देखिएको छ । सुरक्षा निकायहरूले सन्दिग्ध ३१ वर्षका कोल टमस एलन रहेको पुष्टि गरेका छन् । उनी क्यालिफोर्नियाको टोरन्स क्षेत्रमा बसोबास गर्ने बताइएको छ ।
रिपोर्टका अनुसार एलनले एक निजी शिक्षा कम्पनी सीटू एजुकेशनमा पार्ट-टाइम शिक्षकको रूपमा काम गरेका थिए । कम्पनीले उनलाई २०२४ डिसेम्बरमा “टिचर अफ दी मन्थ” समेत घोषित गरेको थियो । कोलको विषयमा जानकारी लिन सीटू एजुकेशनमा फोन गर्दा कसैले पनि जवाफ नदिएको सीएनएनले भनेको छ । लिंक्डइन प्रोफाइलका अनुसार कोलले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा स्नातक र क्यालिफोर्निया स्टेट युनिभर्सिटी–डोमिन्गुएज हिल्सबाट कम्प्युटर साइन्समा स्नातकोत्तर गरेका थिए ।
घटनामा संदिग्धलाई हतियारसहित नियन्त्रणमा लिइएको बताइएको छ र एक सुरक्षाकर्मीलाई गोली लागे पनि बुलेटप्रुफ भेस्टका कारण उनको ज्यान जोगिएको छ । अक्टोबरमा कमला ह्यारिसको चुनावी अभियानमा एलनले २५ डलर दान दिएको संघीय निर्वाचन आयोगको रेकर्डले देखाएको छ ।
लिंक्डइन प्रोफाइलअनुसार एलनले स्वतन्त्र रूपमा एउटा इन्डी गेम “बोहर्दम” विकास गरी स्टिम प्लेटफर्ममा १ डलर ९९ सेन्टमा बिक्रीका लागि राखेका थिए । साथै उनले सन २०१८ मा उक्त खेलको नामको ट्रेडमार्क समेत दर्ता गराएका थिए । एलनले आफ्नो प्रोफाइलमा आफू हाल अर्को खेल विकास गरिरहेको उल्लेख गरेका छन्, जसको नाम “फर्स्ट ल” राखिएको छ । एजेन्सी




प्रतिक्रिया