रास्वपा संसदीय दलको बैठक बस्दै, काठमाडौंमा रहेका सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन


काठमाडौं, वैशाख १६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो । पार्टी सभापति रवि लामिछाने सहभागी हुने बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी भएको छ ।

“राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको अनौपचारिक छलफल (पार्टी सभापतिसमेत) हुने भएकाले काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूलाई उपस्थितिको लागि अनुरोध गरिएको छ,” रास्वपा प्रवक्ता मनिष झाले भनेका छन् ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, संसदीय गतिविधि तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।पार्टीले विशेषगरी पछिल्लो राजनीतिक घटनाक्रमबीच आफ्ना धारणा स्पष्ट पार्न र संसदीय रणनीति तय गर्न यो छलफल महत्वपूर्ण हुने जनाएको छ।