काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पुनले बुधवार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
पुनले सार्वजनिक गरेको सम्पति विवरणमा नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद रहेको, राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रहेको खुलाएका छन् । उक्त रकम चुनावी चन्दा भनेका छन् । उनले कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी, १५ आना चार पैसा रहेको उल्लेख छ ।
साथै करिब तीन तोला सुन रहेको र उक्त सुन श्रीमतीलाई आफ्ना आफन्तहरुले उपहार दिइएको जनाएका छन् ।








प्रतिक्रिया