काठमाडौं । यातायात व्यवस्था विभागले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । इन्धनको मूल्य वृद्धि भएसँगै विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो ।
यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो । सोहीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ ।
हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ छ । विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ । .
बढेको भाडा आज(बुधबार)देखि नै लागु हुने विभागले जनाएको छ ।





प्रतिक्रिया