काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना पार्टीका सांसदहरूलाई कुनै कागजातमा ‘माननीय’ सम्बोधन नगर्न निर्देशन दिएको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक रूपमा बसेको बैठकमा सांसदहरूलाई लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन पनि निर्देशन दिएको हो ।
प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार सांसदहरूले धेरै कुराहरू सिक्न बाँकी रहेको भन्दै सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न तथा सकेजति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ ।
‘आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि क्यानिडेट क्लबको अभ्यास हुने भएकाले कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुनै प्रतिबद्धता नगर्न निर्देशन छ’, रास्वपाले भनेको छ ।




प्रतिक्रिया