कांग्रेसका सभापति थापा सर्लाहीमा,किन पुगे ?


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आज सर्लाही पुगेका छन्।

उनी फागुन २१ को निर्वाचनमा पराजित भएपछि पहिलो पटक पार्टीको जरा अभियानअन्तर्गत आयोजित कार्यक्रममा सहभागी हुन सर्लाही पुगेका हुन्।

सभापति थापा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार भएका थिए ।

कांग्रेसले पार्टी संगठन सुदृढीकरण तथा क्रियाशील सदस्यता अद्यावधिक गर्न जरा अभियान सञ्चालन गरिरहेको छ।