प्रधानमन्त्री बालेन केपी शर्मा ओलीकै फोटोकपी : दिनेश त्रिपाठी


काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री बालेन्द्र साह(बालेन)लाई पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकै फोटोकपी भएको तर्क गरेका छन् ।

बुधबार रिपोर्टस नेपालको साक्षात्कार कार्यक्रममा पत्रकार लक्ष्मी प्रसाद न्यौपानेसँगको कुराकानिमा उनले प्रधानमन्त्री बालेनले संसद छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु गलत भएको बताए ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउन खोजिएसँगै उनले प्रधाननमन्त्री बालेनलाइ देश अहिले निर्वाचित तानासाह तर्फ अगाडि बढिरहेको संज्ञा दिए ।


‘ओली जी लाई हराउन उँहा दमक जानुभयो । तर ओलीकै फोटोकपीको रुपमा आफुलाई प्रस्तुत गर्नुभयो,’ उनले भने ‘यो कुरालाई म फेरि दोहोर्याउँछु, पटकपटक भन्छु । जुन कि यो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेर उहाँले आफुलाई फोटोकपीको रुपमा प्रस्तुत गर्नुभएको छ ।’

अधिवक्ता त्रिपाठीले राष्ट्रपतिले यो अध्यादेशलाई लिएर सरकारलाई ग्रीन सिग्नल दिन नहुने बताए । रास्वपाका सभापति रवि लामिछानेले छिटोछरितो रुपमा कानुन बनाउन यो अध्यादेश आवश्यक रहेको तर्कलाई पनि खण्डन गरेका छन् । उनले भने ‘ बालेन जी लाई यो संसदको विश्वास नै छैन । संसदबाट ढिला हुन्छ भन्नुहुन्छ, त्यसोभए संसद नै विघटन गरौँ न,संविभान खारेज गरौँ । प्रधानमन्त्रीले जे भन्यो त्यही कानुन मान्ने प्रावधान बनाउ ।’

त्यस्तै उनले पूर्व प्रधानमन्त्री ओलीको तानाशाही प्रवृतिविरुद्ध लडेको स्मरण गराउँदै आफु सँधै सत्यको पक्षमा उभिने बताए । आफु कहिल्यै पनि भिडको पछि नलागेको उनको भनाइ छ ।

https://www.facebook.com/share/v/18mhMvZnQS