नेपाल–भारत सीमा क्षेत्रमा लगाइएको करबारे पुनर्विचार गर्न सरकारलाई गगन थापाको आग्रह


सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा दैनिक उपभोग्यवस्तु किनमेलमा लगाइएको करबारे पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् ।

सर्लाही क्षेत्र नं ४ अन्तर्गत धनकौलबजारमा भएको कार्यक्रममा सभापति थापाले सर्लाही प्रशासनले कानून कार्यान्वयनमा विभेद नगर्न पनि आग्रह गरे ।

थापाले आफू सर्लाही क्षेत्र नम्बर–४ का २३ हजार जनताको प्रतिनिधि रहेको उल्लेख गर्दै यहाँको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिनिधि सभा निर्वाचनपछि थापा बुधबार पहिलोपटक सर्लाही पुगेका थिए ।