काठमाडौं । विपक्षी दलहरूले सुकुमवासी र अव्यवस्थित बसोवासी नागरिकको पहिचान नगरी बस्तीमा डोजर लगाएकोप्रति आपत्ति जनाएका छन् ।
आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले, र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले सरकारको उक्त कामप्रति विरोध गर्ने निर्णय गरेको हो ।
‘यतिबेला काठमाडौं उपत्यकासमेत देशका विभिन्न स्थानमा सुकुमवासी र अव्यवस्थित बसोवासी नागरिकको छानविन, लगत संकलन र पहिचान नगरी तथा वैकल्पिक आवासको सुनिश्चिता नगरी बस्ती हटाउने कार्य तीव्र पारिएकोप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ,’ विपक्षी दलको निर्णयमा उल्लेख छ,’हामी सरकारको यो रवैयप्रति आपत्ति र विरोध गर्दछौं । यो अवस्थामा त्यस्ता वस्तीमा बसोवास गर्ने नागरिकहरुमा व्यापक असुरक्षा, भय र त्रासको स्थिति सिर्जना भएको छ ।’




प्रतिक्रिया