काठमाडौं । नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पार्टीको सम्पूर्ण पार्टीपंक्तिको सम्मानजनक सहभागितामा १५ औं महाधिवेशन गराउन असम्भव रहेको निष्कर्ष निकालेको छ ।
निर्वमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सम्पन्न दुई दिने भेलाको निष्कर्ष सार्वजनिक गर्न बिहीबार जारी प्रेस विज्ञप्तिमा एकताको महाधिवेशनका लागि सहर्मातमा साझा सरचनाहरूको आवश्यकता हुने ठहर गरिएको छ ।
‘एकपक्षीय महाधिवेशन प्रतिनिनिधिहरूको मात्र सहभागितामा भएको तथाकथित विशेष महाधिवेशनवाट चयन भएको नेतृत्वले अब हुने १५ औं महाधिवेशनमा सम्पूर्ण पार्टी पंक्तिको सम्मानजनक सहभागिता गराउने र उक्त महाधिवेशनवाट निष्पक्ष निर्वाचन हुने कुरा असम्भव भएकोले पार्टीको वृहत्तर एकताको महाधिवेशनका लागि सहर्मातमा साझा सरचनाहरूको आवश्यकता हुने ठहर गर्दै सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया