राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी


काठमाडौँ, १७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले आज (बिहिबार) सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।