दिल्लीले राजस्थानलाई हरायो, आज चेन्नई र मुम्बई भिड्दै


काठमाडौं, वैशाख १९ । ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ ।गएराती भएको खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । टस जितेर पहिला ब्याटिङ गरेको राजस्थान रोयल्सले ६ विकेट गुमाएर २२५ रन बनाएको थियो ।

२२६ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । राजस्थान १० खेलबाट १२ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । त्यस्तै, दिल्ली ९ खेलबाट ८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्दैछन् ।