संस्कृत विश्वविद्यालयका उपकुलपतिले दिए पदबाट राजीनामा


काठमाडौं । सरकारले विश्वविद्यालयका पदाधिकारी हटाउने गरी राष्ट्रपति कार्यालयमा अध्यादेश सिफारिस गरेपछि उपकुलपतिहरूले धमाधम राजीनामा दिन थालेका छन् । यसैबीच, संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालले पनि राजीनामा दिएका छन् ।

उनले वैशाख २२ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जनाइएको छ ।

२०८१ साल पुस ७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई उपकुलपतिमा नियुक्त गरेका थिए ।

यसअघि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिएका थिए ।

दुई तिहाइ नजिकको मत ल्याएको रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त गर्न भनेको थियो । तर सरकारले अध्यादेश नै ल्याउन लागेपछि धमाधम राजीनामा दिएका छन् ।