स्वयम्भु आसपासका बस्तीमा पनि चल्यो डोजर


काठमाडौं । सरकारले दोस्रो चरण अन्तर्गत स्वयम्भु स्थित सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाउन सुरु गरेको छ ।

सरकारले सनिबार बिहानैदेखि स्वयम्भु क्षेत्रका सुकुमवासी बस्तीमा पनि डोजर चलाएको हो ।

शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो ।

यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरीगाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।