रास्वपाको सचिवालय बैठक बाेलाइयाे


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालयको बैठक भोलि(आइतबार) बस्ने भएको छ । सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक आइतबा बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाले दिएको जानकारी अनुसार बैठक बैशाख २० गते पार्टी केन्द्रिय कार्यालय घण्टिघरमा १२:३० मा बस्नेछ ।

बैठकमा हुने छलफलकाे विषय भने खुलाइएकाे छैन ।