ट्रम्पका विशेष दूत गोरले रास्वपा सभापति लामिछानेसँग गरे भेटवार्ता


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

शनिबार भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

साथै, उनले भेटवार्ताबारे जानकारी गराउँदै लेखेका छन्, ‘नेपालको नयाँ सरकारसँग परिवर्तनको लागि अविश्वसनीय जनादेश छ, र उनीहरूले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन् ।’

गोर बिहीबार साँझ काठमाडौं आएका थिए । उनी शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ ।