कतिले घट्यो आज सुनको मूल्य?


काठमाडौं, वैशाख २० । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ तोएिको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्यमा भने बढोत्तरी भएको छ। आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको थियो।