अतिक्रमित बस्तीमा डोजर चलाउने क्रम जारी


काठमाडौँ । सरकारले सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाउने क्रमलाई आइतबार पनि निरन्तरता दिइरहेको छ ।

आज बिहान कपन क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलेको छ । यसअघि शनिबार देवीनगर, बालाजु र स्वयम्भू क्षेत्रको बस्तीमा डोजर चलेको थियो ।

यसअघि सरकारले थापाथली, गैरी गाउँ र मनोहरालगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो। सरकारले वास्तविक सुकुम्बासीलाई व्यवस्थित बसोबासको व्यवस्था मिलाउने जनाएको छ ।