सुरु भयाे रास्वपा सचिवालय बैठक,यी विषयमा हुँदैछ छलफल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा, पार्टीले आगामी राजनीतिक र सांगठानिक रणनीतिका विषयमा छलफल हुँदैछ ।

आगामी स्थानीय निर्वाचनका लागि योग्य र सक्षम उम्मेदवार कसरी चयन गर्ने भन्ने विषयमा रास्वपाले नयाँ विधि र मापदण्ड तयार गर्ने र पार्टीको आगामी महाधिवेशनलाई व्यवस्थित बनाउनका लागि महाधिवेशन कार्यविधि २०८३ का सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।

बैठकले संसदीय दलको विधान संशोधनका विषयलाई पनि प्राथमिकतामा राखेको छ। पार्टीको संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउन विधानमा गर्नुपर्ने परिमार्जन र अन्य विविध समसामयिक राजनीतिक विषयहरूमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।