लालपुर्जा हुँदाहुँदै पनि घर भत्काइएको भन्दै माइतीघरमा प्रदर्शन


काठमाडौँ । वीरगन्जमा घर टहरा भत्काइएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ ।

लालपुर्जा हुँदाहुँदै पनि आफहरुको घर भत्काइएको भन्दै आइतबार माइतिघरमै आएर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले विभिन्न माग लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । वैशाख पहिलो साता वीरगन्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा भत्काइएको थियो ।