काठमाडौं, २० वैशाख । काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने काभ्रे घर भएका २० वर्षीय आशिष तामाङलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १ सय २९ ट्याब्लेट र नगद १६ हजार ६ सय ३५ रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ९० ट्याब्लेट सहित सोही नगरपालिका-६ नारायणटार बस्ने मकवानपुर घर भएका ३० वर्षीय अशोक लामा समेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट नियन्त्रित लागूऔषध स्पास्मो ४९ ट्याब्लेट सहित भारत बिजनोर बस्ने ३० वर्षीय जमसेद आलमलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, कैलारी गाउँपालिका-५ मनिकापुरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय धिरज चौधरी समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ४६३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने ३५ वर्षीय किसन बुडाल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३० बस्ने २९ वर्षीय कृष्ण आलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजीपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको ग.प्र.००१ ख ०२२९ नम्बरको माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपालिका-३ नौवस्ता चौधरिया गाउँबाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ नौवस्ता बस्ने ३३ वर्षीय ईन्द्र बहादुर थारू र ४१ वर्षीय धुर्ब कुमार थारू रहेका छन् । इलाका प्रहरी कार्यालय बनकटवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २८ वर्षीय मिलन कार्की ढोलि, सोही नगरपालिका-१३ बस्ने २३ वर्षीय रोहन राजवंशी र सोही नगरपालिका-९ बस्ने ३५ वर्षीय मनिष उप्रेती रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, झापा गाउँपालिका-४ बालुबाडी नयाँ टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय समिर प्रसाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.११ प ९८१२ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-८ चारकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-९ बस्ने २७ वर्षीय श्याम कुमार रजकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्टाबरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, गोदावरी नगरपालिका-३ शान्तिवनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय उदय तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ८० मिलिग्राम सहित काठमाडौं नागर्जुन नगरपालिका-४ बस्ने खोटाङ घर भएका २० वर्षीय रोहन खत्रीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र. १-०२-००१ ज ४४१८ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।




प्रतिक्रिया