काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले गरिब तथा भूमिहीन नागरिकलाई सडकमा बस्न बाध्य बनाउने सरकारको नीति स्वीकार्य नहुने बताएका छन् ।
सोमबार काठमाडौँको थापाथलीस्थित सरकारले हटाएको सुकुम्बासी बस्तीमा पुगेका अध्यक्ष साम्पाङले सुकुम्बासी बस्ती खालि गराउने सरकारको कार्यको विरोध गरेका हुन् ।
उनले सुकुम्बासी पनि नेपाली नागरिक भएकोले विस्थापित गर्न नहुने बताए । उनले भने, ‘यो देश गरिबको पनि हो। गरिब नागरिकलाई सडकमा बस्न बाध्य बनाउनु हुँदैन। गरिबको लागि बासस्थानको उचित व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग हो।’




प्रतिक्रिया