जनकपुरधाम । जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले मधेश प्रदेश सरकारलाई दिएको समर्थन यथावत रहेको बताएका छन् ।
संसदीय दलको कार्यालयबाट प्रदेश प्रमुखलाई पठाइएको पत्रमार्फत पार्टीको आधिकारिक निर्णय नभएसम्म सरकारलाई दिएको समर्थन कायम रहने जानकारी गराइएको हो । नेता यादवद्वारा हस्ताक्षरित पत्रमा पार्टीको औपचारिक बैठकबाट निर्णय नभएसम्म कुनै पनि व्यक्तिको दाबीलाई आधिकारिक मान्न नसकिने भनिएको छ ।
जनमत पार्टीको संसदीय दलको नेता म महेश प्रसाद यादव रहेको छु । मेरो जानकारी तथा मैले नबोलाएको संसदीय दलको बैठक विनाको कुनै पनि निर्णय अधिकारिक नरहेकाले वर्तमान मधेश प्रदेश सकारको मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वको सरकारलाई जनमत पार्टीको अधिकारिक समर्थन रहीरहेको व्यहोरा जानकारी सहित अनुरोध गर्दछु’ उनले पत्रमा लेखेका छन् ।
जनमत पार्टीका ९ जना सांसदहरूले साेमबार सरकारको समर्थन फिर्ता लिएको पत्र पठाएका थिए ।





प्रतिक्रिया