हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सोमबार साँझ ललितपुरमा बसेको छ । बैठकमा प्रदेशसभाको सभामुख चयन र मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको संसदीय दलका सचिव सांसद मीनकृष्ण महर्जनले जानकारी दिए ।
बैठकले पार्टी सभापति गगन कुमार थापा र सहमहामन्त्री बहादुर सिंह लामासँग छलफल गरेर वैशाखभित्रै सभामुख चयन गर्ने निष्कर्ष निकालेको छ ।
बैठकले प्रशासनक पुर्नसंरचनाको कामलाई निर्णयमा पुर्याएर मन्त्रिमण्डल घटाउने पनि निर्णय गरेको छ । उक्त कार्य वैशाख महिनामा टुंग्याउन गरी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई जिम्मा दिने बैठकले निर्णय गरेको महर्जनले बताए ।




प्रतिक्रिया