जनकपुरधाम । मधेश प्रदेश सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएको छ । संसदीय दलको नेता हेरफेरसँगै जनमतले कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
बहुमत सांसदले सरकारबाट बाहिरिने निर्णयसँगै सोमबार संसदीय दलको नेता समेत परिवर्तन गरेको थियो ।
अध्यक्ष सीके राउतले महेशप्रसाद यादवलाई दलको नेताबाट हटाएर चन्दनकुमार सिंहलाई जिम्मेवारी दिएका छन् ।
नवनियुक्ति नेता सिंह भर्खरै प्रदेश प्रमुखकहाँ पुगेर सरकरामाथि समर्थन फिर्ताको पत्र बुझाएका छन् । सँगै मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइएको छ ।




प्रतिक्रिया