बुधबार कांग्रेस संसदीय दलको बैठक बस्ने


काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

दलका नेता भीष्मराज आङदेम्बेका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हो।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।

बैठकमा समसामयिक राजनीति तथा सुकुमवासी बस्तीमा डोजर चलाएकोलगायत विषयमा छलफल हुने जनाइएको छ।