रास्वपाले गर्यो दुई नेताको जिम्मेवारी हेरफेर


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( ले दुई जना नेताको जिम्मेवारी हेरफेर गरेको छ ।

वैशाख २० गते बसेको सचिवालय बैठकले नवप्रवर्तन विभाग प्रमुख भुवन केसी र प्रचारप्रसार विभागका सदस्य आनन्द कुमार मिश्रको जिम्मेवारी हेरफेर गरेको हो ।

पछिल्लो निर्णय अनुसार केसी र मिश्रलाई केन्द्रीय निर्वाचन आयोगको सदस्यको जिम्मेवारी दिने निर्णय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।