काठमाडौँ । काठमाडौं इन्द्रचोकस्थित नैना एन्ड इसन ज्वेलर्समा पेस्तोल देखाएर लुट्ने प्रयास गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन, विकेश राजवाहक र अरुण भुजेल छन् । ह
आरोपी अरुण भुजेलको साथबाट घटनास्थलमा लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
उनीहरुले वैशाख १७ मा वविता रौनियारले सञ्चालन गरेको नैना एन्ड इशान ज्वेलरी पसलमा प्रवेश गरेर लुट्न खोजेका थिए ।
एक्लै बसिरहेकी एक जना महिलालाई उनीहरूले पेस्तोल तेर्साएर लुट्ने प्रयास गरेको भिडिओमा देखिएको छ।
ती महिला कर्मचारीले पनि त्यस घटनामा प्रतिरोध गरेपछि उनीहरू भागेका थिए।




प्रतिक्रिया