संसदीय समितिले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीकाे स्थलगत अवलोकन गर्ने


काठमाडौं । संसदीय समितिले सुकुमवासी रहेका होल्डिङ् सेन्टरको स्थलगत अवलोकन गर्ने भएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

‘काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विस्थापित भई हाल फरक-फरक आश्रय केन्द्रहरुमा रहेका सुकुमवासी तथा अव्यवस्थित बासिन्दाहरूको मानव अधिकारको वर्तमान अवस्थाको यथार्थपरक जानकारी लिने उद्देश्यले सम्बन्धित स्थलको स्थलगत अवलोकन गर्ने’ समितिको निर्णय छ ।

यस आधारमा समितिले सुकुमवासी रहेका होल्डिङ सेन्टरको स्थलगत अवलोकन गर्ने निर्णय गरेको हो ।