बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम गर्न परिपत्र


काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रसम्बन्धी कागजात तयार गर्दा अध्यादेश बमोजिम परिमार्जन गरी खरिद सम्बन्धी काम कारबाही गर्न अनुरोध गरेको छ ।

आज(बुधबार) एक सूचना जारी गर्दै कार्यालयले सम्बन्धित सबै सार्वजनिक निकायहरुलाई सो आग्रह गरेको हो ।

कार्यालयले सार्वजजिक खरिद ऐन २०६३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भई कार्यान्वयनमा आइसकेको स्मरण गराउँदै नमुना बोलपत्र सम्बन्धी कागजातहरु तयार भइरहेको समेत जनाएको छ ।