काठमाडौँ । प्रधान न्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । बिहिबार बसेको संवैधानिक परिषदको बैठकले चौथो वरीयतामा रहेको न्यायाधीश डा.शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरिएको थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस प्रथम दृष्टि मै संविधानको आधारभूत परिकल्पना विपरीत रहेको एवम् यसले न्यायिक स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हुने जिकिर गर्दै रिट पेस गरेका हुन् ।
न्यायपालिकालाई कार्यपालिकाको मातहतमा ल्याउन खोजेकोले सोलाई बदर गरी पहिलो वरीयतालाई सिफारिस गर्नु भनी परमादेशको माग गर्दै रिट पेस गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए ।




प्रतिक्रिया