रुकुमपूर्व । सिस्ने गाउँपालिका ५ र ६ अन्तर्गत पर्ने कैचिमोड, कमलदहलगायतका क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचनामाथि डोजर चलेको छ ।
त्यहा बसोबास गर्नेहरुलाई सूचना दिएर हट्न आग्रह गर्दागर्दै पनि अटेरी गरेपछि गाउँपालिकाले संरचना हटाउन सुरु गरेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताए ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग क्षेत्र मिचेर बनाइएका घरटहरा, व्यावसायिक संरचना तथा अस्थायी निर्माण हटाउन गाउँपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो । तर, केही व्यक्तिले सरकारी निर्देशनलाई बेवास्ता गर्दै संरचना यथावत राखेपछि स्थानीय प्रशासन डोजरसहित मैदानमा उत्रिएको हो।
डोजर चलाइएका क्षेत्रमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ। गाउँपालिकाले अब पनि राजमार्ग क्षेत्र मिचेर बनाइएका संरचना नरोकिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।




प्रतिक्रिया