काम गर्न असहज भएको भन्दै कांग्रेस दैलेखका सचिवले दिए राजीनामा


दैलेख । काम गर्न असहज भएको भन्दै नेपाली कांग्रेस दैलेखका सचिव खेमराज ओलीले पदबाट राजीनामा दिएका छन् । शनिबार एक पत्र लेख्दै उनले जिल्ला सभापतिसमक्ष राजीनामा दिएका हुन् ।

‘अहिले देशमा अत्यन्तै असहज अवस्था आएको र अधिनायकवादी अवस्थामा देश सञ्चालन हुँदैछ,’ उनले भनेका छन्, ‘यो अवस्थामा लोकतान्त्रिक व्यवस्था नै खतरामा पुग्ने खतरा छ । यस्तो बेला हाम्रो पार्टी जिम्मेवार भई सबै नेता गणहरूको आपसी समझदारीबाट पार्टी सञ्चालन गरी पार्टी मजबुत गराई कार्यकर्ता र जनताको उच्च मनोबल बनाउनु पर्नेमा दैनिक पदीय लोभले पार्टी भित्र विवाद सिर्जना भएको छ ।’

ओलीले आफु विगत २८ वर्षदेखि पार्टीभित्र निरन्तर रपमा लागेर काम गर्दै आइरहेको भन्दै राजिनामा पत्रमा स्मरण गरेका छन् ।