पाशुपतक्षेत्रमा भेटियो तीनवटा ग्रिनेड


काठमाडौँ । पवित्र पाशुपत क्षेत्रअन्तर्गत राममन्दिर नजिकै जंगलमा ३ वटा ग्रिनेड फेला परेको छ ।

स्थानीयले शंकास्पद वस्तु देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यहाँ अवैध घर टहरा भत्काइएको भन्दा केही माथि जंगलमा शंकास्पद वस्तु भेटिएपछि त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
प्रहरीले त्यहाँ पुराना ३ वटा ग्रिनेट फेला परेको जानकारी दिएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले स्पष्ट पारेको छ ।