दार्चुला केन्द्रबिन्दु भएर गयो भुइँचालो


काठमाडौं । दार्चुला केन्द्रबिन्दु भएर भुइँचालो गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको तपोवन आसपास क्षेत्रलाई केन्द्रबिन्दु भएर भुइँचालो गएको हो ।

आइतबार बिहान ११ बजेर ५५ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भुइँचालो गएको केन्द्रले जनाएको छ ।