सुर्खेतमा कांग्रेसको दुई दिने प्रदेशस्तरीय भेला सुरु


काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ सुरू गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा आज मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू भएको हो ।

भेला पूर्वनिर्धारित समय १२:३५ मा प्रारम्भ भएको थियो । कर्णालीमा पनि सुदूरपश्चिमबाट सुरू भएको नयाँ परम्पराबमोजिम आशन ग्रहण गराइएको छ ।

प्रदेशस्तरीय भेलाको उद्घाटन सभापति गगनकुमार थापाले बिरुवामा जल सिंचन गरेर गरेका छन् ।

उद्घाटन समारोहमा उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेलसँगै कर्णाली प्रदेश सभापति ललितजंग शाही र पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही उपस्थिति थिए ।