काठमाडौं, वैशाख २९ । गत वैशाख २५ गतेदेखि बन्द रहेको वीपी राजमार्ग चार दिनदेखि बन्द रहेको छ । २२ गतेदेखि नै सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बन्द गरिएको काभ्रेपलाञ्चोक जिल्लाको खुरकोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्ड आज पनि खुलेको छैन ।
नेपाल प्रहरीले सूचना जारी गर्दै उक्त सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ । सुरक्षाका कारण सो क्षेत्रमा सवारी साधन चलाउन अनुमति दिइएको छैन।
रोशी खोलामा बाढी आइसक्दा चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी तथा पिप्लेको चार स्थान, माम्तीमा राखीएका डाइभर्सन बगाउने सम्भावना भएका कारण उक्त सडक पटक पटक बन्द हुँदै आएको छ ।
अघिल्लो सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।





प्रतिक्रिया