काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल(प्रचण्ड)ले संविधान संशोधनको विषयलाई हल्का ढंगले लिन नहुने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय रहेको बताए ।
‘‘संविधान संशोधन गरौं, तर त्यो संशोधनले लोकतन्त्रलाई अझै सुदृढ गरोस् । संविधान संशोधन गरौं, जसले सिमान्त क्षेत्रको प्रतिनिधित्व अझै विस्तारित होस्,’ प्रचण्डले भने ।
उनले संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय रहेको स्मरण गराउँदै यसलाई हल्का ढंगले लिने नहुनेमा उनको जोड थियो ।




प्रतिक्रिया